News Griha :: न्यूजगृह
ठमेलबाट चिनियाँ नागरिक पक्राउ, ४४ लाख रुपैयाँ बरामद

काठमाडौं — ठमेलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २ जना चिनियाँ र एक जना नेपाली नागरिक छन्।

Prabhu Bank

उनीहरू हुन्डी कारोबारी ररेको प्रहरीको आशंका छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेकामाथि थप छानबिन भइरहेको छ। ‘थप बुझ्ने काम भइरहेको छ,’ उनले भने।

बोगटीका अनुसार ठमेलस्थित होटल ज्याङ्सु बाट सुरुमा एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको थियो। उनको साथबाट करिब ३५ लाख रुपैयाँ बरामद भएको छ।

त्यसपछि ठमेलकै अर्को ठाउँबाट थप एक चिनियाँ नागरिक र अर्का एक नेपाली नागरिकलाई पनि नियन्त्रणमा लिइएको उनको भनाइ छ। उनीहरूको साथबाट करिब ९ लाख रुपैयाँ  बरामद भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:०६
Weather Update