रास्वपा संसदीय दलको बैठक बस्दै मंगलबार, वैशाख २५, २०८१

ओखलढुङ्गामा जलेर आमाछोराको मृत्यु सोमबार, वैशाख २४, २०८१ सोमबार मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको मृत्यु भएको हो।

गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना सोमबार, वैशाख २४, २०८१ नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा भएका गतिविधिप्रति असहमति जनाएको छ।कांग्रेसले सोमबार विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी सोमबार, वैशाख २४, २०८१ निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई पठाएको छ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो।

काठमाडौं उपत्यकामा हावाहुरी, केही ठाउँमा वर्षा सोमबार, वैशाख २४, २०८१ महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको महाशाखाको भनाइ छ।

१४ लाख प्यालेस्टिनीले आश्रय लिइरहेको रफाहमा सैन्य कारबाही थाल्ने इजरायलको तयारी सोमबार, वैशाख २४, २०८१ हालै इजिप्ट र अमेरिकाका केही कूटनीतिज्ञहरू इजरायल गएका छन्। रिपोर्टका अनुसार यी व्यक्तिहरूले इजरायललाई रफाहमा सैन्य कारबाही सुरु गरेमा युरोप र इजरायलबीचको सुरक्षा सन्धि रद्द गर्ने धम्की पनि दिएका थिए। अमेरिकालगायत धेरै देशले इजरायलको राफाह आक्रमण गर्ने योजनालाई अनुमोदन भने गरेका छैनन्। तर, केही दिनअघि इजरायलका प्रधानमन्त्री नेतान्याहुले रफाहमा भएको...
-1714474494.jpg)
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ सोमबार, वैशाख २४, २०८१ पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो। पक्राउ परेका व्यक्तिसँगै प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ।

मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा सोमबार, वैशाख २४, २०८१ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ।पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।

सिधाकुरा प्रकरणः तीनै जना तारेखमा, थापा र सिरोहियासहित ७ जनासँग जवाफ माग सोमबार, वैशाख २४, २०८१ सर्वोच्च अदालतले अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले पोलेका थप व्यक्तिलाई झिकाउने आदेश गरेको छ।न्यायाधीशद्वय हरि फुयाल र महेश शर्मा पौडेलको इजलासले एक हप्ताभित्र आरोपित थप व्यक्तिहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउने आदेश गरेको हो।

युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत सोमबार, वैशाख २४, २०८१ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन्। रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन्।खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरूले जनाएका छन्।अभ्यासमा आणविक...

वामदेवको एमाले पुनरागमन चाहनाबारे ओलीको जवाफ– ‘पछि छलफल गर्छौ’ सोमबार, वैशाख २४, २०८१ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले आफू एमालेमा आत्मालोचना सहित फर्किन तयार रहेको बताएपछि अध्यक्ष ओलीले ‘चाहनालाई सकारात्मक रुपमा लिएको’...

टी२० विश्वकपमा आतङ्कवादी हमलाको धम्की सोमबार, वैशाख २४, २०८१ इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ। आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडिओ सन्देश जारी गरेको छ। यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपिल गरिएको छ।

गण्डकीको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ सोमबार, वैशाख २४, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार दिउँसो एमालेबाट २ मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले प्रमुख प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको...









