News Griha :: न्यूजगृह
मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा
निर्माणाधीन मूलपानी क्रिकेट रंगशाला

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ।

पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।

Prabhu Bank

मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ।

डीपीआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राखेपको कामको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्नुपर्ने बताएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:१२
Weather Update