News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा हावाहुरी, केही ठाउँमा वर्षा

काठमाडौं— काठमाडौं उपत्यकामा सोमबार साँझदेखि हावाहुरी चलिरहेको छ। केही ठाउँमा हावाहुरीसँगै वर्षा पनि भएको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको र काठमाडौंसहित कतिपय स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  महाशाखाको भनाइ छ। 

Prabhu Bank

राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

यस्तै देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:५७
Weather Update