झगडापछि माइत गएकी श्रीमतीलाई घरमा बोलाएर हत्या, श्रीमान पक्राउ सोमबार, वैशाख २४, २०८१

एकीकृत समाजवादीले भन्यो– पार्टी फुट्ने हल्ला निराधार सोमबार, वैशाख २४, २०८१ नेकपा एकीकृत समाजवादीले पार्टीभित्र आन्तरिक किचलो देखिएको भन्ने विषय हल्लामात्रै भएको जनाएको छ। आज बसेको संसदीय दलको बैठकपछि विज्ञप्ति जारी गर्दै बाहिर आएका हल्लाहरु निराधार रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीले जानकारी दिए। ‘बैठकले यस बिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा...

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा सोमबार, वैशाख २४, २०८१ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ। आज बसेको आयोगको बैठकले जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयले न्यूजगृहलाई जानकारी दिए।‘आइतबार परेको निवेदनका आधारमा आज जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको छ,’ उनले भने।
-1714993601.jpg)
१७औँ शताब्दीमा सेनवंशी राजाले प्रयोग गरेको तोप जीर्ण बन्दै सोमबार, वैशाख २४, २०८१ तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ। दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ। १७औँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताए। उनले भने, ‘प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ। यसको संरक्षण...

जसपाले भन्यो– दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा पार्टी फुट्दैन सोमबार, वैशाख २४, २०८१ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारीमा रहेर काम गर्न आग्रह गरेको छ। आइतबार बहुमत सांसद र केन्द्रीय सदस्यहरु आफूसँग रहेको दाबीसहित वरिष्ठ उपाध्यक्ष अशोक राईले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि गृहले गर्यो यस्तो निर्णय सोमबार, वैशाख २४, २०८१ अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ। तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगीको हकमा भने सिफारिस अनिवार्य गरिएको छैन।

आज पनि दोहोरो अंकले घट्यो शेयर बजार सोमबार, वैशाख २४, २०८१ साताको दोस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ बिन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ। ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा...

ओलीलाई वामदेवले भने– एमालेमा आउन चाहन्छु, शंका नगर्नुस् पार्टी फुटाउँदिन सोमबार, वैशाख २४, २०८१ राष्ट्रिय सभा सदस्य एवं कम्युनिस्ट पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमै जान चाहेको बताएका छन्। सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले यसअघि नेकपा विभाजनको आरोप आफूमाथि लागेको बताउँदै फेरि पनि एमाले गएर पार्टी फुटाउनेमा शंका नगर्न आग्रह गरे।

नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब सोमबार, वैशाख २४, २०८१ कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्। गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन्।
-1714986679.jpg)
सवारी लाइसेन्समा देखिएको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, वैशाख २४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन्।

जसपा फुटेको भोलिपल्टै लुम्बिनीमा जसपाका अहिर बने कृषिमन्त्री सोमबार, वैशाख २४, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। यसअघि नै मुख्यमन्त्री जोखबहादुर महराले अहिरलाई कृषिमन्त्रीको जिम्मेवारी दिएको थिए। तर असन्तुष्ट बन्दै अहिरले गत वैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

सर्यो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार, वैशाख २४, २०८१ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएकोमा बैठक सारिएको हो।

जनकपुरमा लुटेरा समूहले हतियार देखाएर लुट्यो ८० लाख सोमबार, वैशाख २४, २०८१ जनकपुरमा लुटेरा समूहले हातहतियार देखाएर ८० लाख लुटपाट गरेको छ। सोमबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नं १९ स्थित थुमौना भन्ने स्थानमा एक व्यक्तिको साथबाट ८० लाख लुटिएको हो। बैंकबाट झिकेको रकम एक लुटेरा समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले न्यूजगृहलाई जानकारी दिए।









