News Griha :: न्यूजगृह
आज सबैभन्दा सस्तो तरकारी लोकल गोलभेँडा, हेर्नुहोस् सबै तरकारीको मूल्यसूची
आज सबैभन्दा सस्तो तरकारी लोकल गोलभेँडा, हेर्नुहोस् सबै तरकारीको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ। 
आईपीएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
आईपीएलमा आज मुम्बई र सनराइजर्स भिड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज मुम्बई इन्डिययन्स् र सनराइजर्स हैदराबादबीच खेल हुँदै छ। मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।
अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो 
अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो  राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। 
नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर
नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।पटकपटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ। 
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो।२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गर्न...
इजरायल–हमास वार्ता निष्कर्षविहीन 
इजरायल–हमास वार्ता निष्कर्षविहीन  इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ। गाजामा सङ्घर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुसार इजिप्टको राजधानी कायरोमा आइतबार दोस्रो दिनको वार्ता भएको थियो। वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमान्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन्।
लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो 
लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।गएराति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो।
कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षा
कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ।
आज बागमती प्रदेशभरि सार्वजनिक बिदा
आज बागमती प्रदेशभरि सार्वजनिक बिदा प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई सोमबार काठमाडौंको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। सोही उपलक्ष्यमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो। 
जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता
जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   
डढेलोमा परी बैतडीमा दुई महिला घाइते
डढेलोमा परी बैतडीमा दुई महिला घाइते बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएका छन्।दशरथचन्द नगरपालिका–१ का ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएका हुन्।दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटिरहेका महिला जङ्गलबाट आएको डढेलोमा परी घाइते भएका प्रहरीले जनाएको छ।
शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने 
शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने  यसैगरी, बुधबार ताहाचल र चमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
Weather Update