News Griha :: न्यूजगृह
इजरायल–हमास वार्ता निष्कर्षविहीन 
तस्बिरः बीबीसी/रोयटर्स

काठमाडौं— इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ। गाजामा सङ्घर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुसार इजिप्टको राजधानी कायरोमा आइतबार दोस्रो दिनको वार्ता भएको थियो। 

वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमान्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन्।

Prabhu Bank

वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ। गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ।

गाजामा सङ्घर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुसार इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो। वार्ता समाप्त भएको खबर सार्वजनिक हुनासाथ गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याउने बाटोमा पर्ने केरेम शेलोम चौकीमा रकेट आक्रमण भएको बीबीसीले जनाएको छ।

यस्तै दक्षिणी गाजा क्षेत्रमा रफाह चौकी नजिक पनि १० प्रोजेक्टाइल प्रहार भएको छ।

यसैबीच इजरायलको तेल अभिव शहरमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले हमासले बन्धक बनाएकाहरूलाई सकुशल रिहा गराउन इजरायल सरकारसँग माग गर्दै आएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:०८
Weather Update