News Griha :: न्यूजगृह
जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं— जापानका विदेशमन्त्री कामिकावा योको नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे। यसअघि योकोले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे। भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

Prabhu Bank

राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   

योकोले आइतबार नै विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरे। साथै जमल पुगेर केही नेपाली पुस्तक खरिद समेत गरे। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरे। 

परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:३१
Weather Update