News Griha :: न्यूजगृह
लखनउलाई ९८ रनले पराजित गर्दै कोलकाता शीर्षस्थानमा उक्लियो 

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा कोलकाताले लखनउलाई ९८ रनले पराजित गरेको हो।

Prabhu Bank

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६.१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो।

यसअघि कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

यो जितपछि कोलकाता शीर्षस्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलमा १६ अंक भएको छ। त्यस्तै लखनउको भने यो पाँचौं हार हो। ११ खेलमा १२ अंक रहेको लखनउ पाँचौं स्थानमा छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:५६
Weather Update