News Griha :: न्यूजगृह
आज बागमती प्रदेशभरि सार्वजनिक बिदा

काठमाडौं— बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले आज (सोमबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। 

प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई सोमबार काठमाडौंको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। सोही उपलक्ष्यमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो। 

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ। 

आज प्रदेश सरकारको स्वामित्वमा रहेका विभिन्न कार्यालय, सङ्घसंस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए। संघ मातहतका कार्यालयमा भने बिदा हुने छैन। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:४१
Weather Update