News Griha :: न्यूजगृह
आईपीएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज मुम्बई इन्डिययन्स् र सनराइजर्स हैदराबादबीच खेल हुँदै छ। मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा मुम्बई इन्डिययन्सको खराब प्रदर्शन रहेको छ। अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ। मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ।

Prabhu Bank

त्यस्तै सनराइजर्स हैदराबादले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गरेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ। मुम्बई इन्डिययन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन।

मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ। त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेल्दै छ। सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ। सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०९:१५
Weather Update