News Griha :: न्यूजगृह
डढेलोमा परी बैतडीमा दुई महिला घाइते

बैतडी— बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएका छन्।

दशरथचन्द नगरपालिका–१ का ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएका हुन्। 

Prabhu Bank

दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटिरहेका महिला जङ्गलबाट आएको डढेलोमा परी घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरूको स्वास्थ्य अवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ।

जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफेर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २१:४२
Weather Update