News Griha :: न्यूजगृह
नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर

काठमाडौं— ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।

पटकपटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ। 

Prabhu Bank

सूचनामा १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए त्यसको प्रमाण पेस गर्न भनिएको छ।

तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:४४
Weather Update