News Griha :: न्यूजगृह
जनकपुरमा लुटेरा समूहले हतियार देखाएर लुट्यो ८० लाख 

काठमाडौं— जनकपुरमा लुटेरा समूहले हातहतियार देखाएर ८० लाख लुटपाट गरेको छ। 

सोमबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नं १९ स्थित थुमौना भन्ने स्थानमा एक व्यक्तिको साथबाट ८० लाख लुटिएको हो। 

Prabhu Bank

बैंकबाट झिकेको रकम एक लुटेरा समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले न्यूजगृहलाई जानकारी दिए। 

‘बैंकबाट रकम झिकेका एक व्यक्तिको साथबाट ८० लाख रुपैयाँ लुटिएको खबर आएको छ,’ डीएसपी अवाले न्यूजगृहसँग भने। 

उनका अनुसार एक व्यक्तिले ८० लाख रुपैयाँ बैंकबाट निस्किएपछि पिछा गरेर लुटेका थिए। रकम लुटेको समूह फरार रहेको र खोजी भइरहेको उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:००
Weather Update