News Griha :: न्यूजगृह
ओखलढुङ्गामा जलेर आमाछोराको मृत्यु
Prabhu Bank

ओखलढुङ्गा— आगोले जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। 

सोमबार मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको मृत्यु भएको हो।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:५७
Weather Update