News Griha :: न्यूजगृह
टी२० विश्वकपमा आतङ्कवादी हमलाको धम्की

काठमाडौं— पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतङ्कवादी संगठन आईएस खोरासानले टी२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ।

ट्रिनिडाड एण्ड टोबागोका प्रधानमन्त्री किथ राउलीले आतङ्कवादी सङ्गठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडिओ सन्देश पठाएको बताएका हुन्।

Prabhu Bank

टी२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ। 

इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ। आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडिओ सन्देश जारी गरेको छ। यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपिल गरिएको छ।

क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्वकप भरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन्। 

वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड एण्ड टोबागोमा हुनेछन्। अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन्। 

रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:१४
Weather Update