News Griha :: न्यूजगृह
बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट— ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। 

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए। 

Prabhu Bank

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डीएसपी विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको हो।  

त्यस्तै अछाममा पनि चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। 

गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका—७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:०५
Weather Update