News Griha :: न्यूजगृह
समितिले माग्यो रक्षा मन्त्रालयसँग जवाफ

काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले रक्षा मन्त्रालयसँग राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे जवाफ माग गरेको छ। 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले रक्षामन्त्री हरि प्रसाद उप्रेतीसँग रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति र समस्याका बारेमा समेत वजाफ माग गरेको हो।
 
बैठकमा रक्षामन्त्री उप्रेतीले रक्षा मन्त्रालयले सार्वभौमिकता, अखण्डता, स्वाधिनता, सामाजिक एकता तथा महत्वपूर्ण एवं संवेदनशील विषयसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने उत्तरदायित्व रक्षा मन्त्रालयकै भएको बताए। 

Prabhu Bank

नेपालका विभिन्न कालखण्डमा रक्षा मन्त्रालय अन्तर्गतका सुरक्षा निकायहरुले नेपाल एकिकरणदेखि सीमा रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले अहिले आफूहरु बाहिरि आक्रमणको भूमरिमा परेको बताए।

मुलुकलाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन चाहदा अन्य मुलुकलाई चोट पुग्ने गरेको बताए। 

उनले भने, ‘मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने उत्तरदायित्व रक्षा मन्त्रालयको हो। नेपाल एकिकरणदेखि लिएर सीमा रक्षासम्म पनि नेपाली सेनाको योगदान उल्लेखनीय रहेको छ।  मुलुकलाई आत्मनिर्भर बनाउन हेटौँडा कपडा उद्योगलाई सुरक्षा निकायको पोसाककै लागि सुरु गरौँ भन्दा पनि अरु मुलुकलाई चोट पुग्दो रहेछ। किनभने हामी आत्मनिर्भर हुँदाखेरि त उताबाट समान आउन पाएन। त्यहाँका व्यापारीले नाफा खान नपाउँदा चिढिन्छन।’ 

नेपाल आत्मनिर्भर नहोस् भनेर बाह्य शक्तिहरुले आक्रमण गरिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सबै पक्षले सोच्न आवश्यक रहेको बताए। 

उनले भने, ‘बाहिरको आक्रमणले घेरिरहेको अवस्थामा हामी माथि किन कारबाही भइरहेको छ भन्ने बारेमा लेख्न पत्रकार साथीहरुलाई आग्रह गर्न चाहन्छु। हामीलाई सँधै माग्ने बनाउने चाहना किन राखिन्छ? हामी आत्मभिनर्भर नहोस् भन्ने अभिव्यक्ति किन आइरहेको छ योबारे सबै पक्ष सोच्न आवश्यक छ। यस्तै नकरात्मक अर्थ व्यवस्था रहेको बेलामा श्रीलंकाले पर्यटन क्षेत्रबाट मात्र चार महिनामा ७० करोड आर्जन गर्यो। हामी परिणाम देख्नेगरि काम गर्नु आवश्यक छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:४५
Weather Update