News Griha :: न्यूजगृह
शेयर बजारमा झिनो सुधार    

काठमाडौं— साताका दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ बिन्दुमा रह्यो। 

५० लाख ६४ हजार ३८ कित्ता शेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ। अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो । विकास बैंक, म्युचुअल फण्ड र अन्य समूहमा पनि सामान्य बढोत्तरी छ। 

Prabhu Bank

१२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ११ कम्पनीका शेयरमूल्य स्थिर रह्यो।

वित्तीय सूचक सकारात्मक नभएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आइरहे पनि सर्वाधिक कारोबार हुने कम्पनीमा पोखरा फाइनान्स पहिलो नम्बरमा रह्यो। 

उक्त कम्पनीको ८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाको शेयर किनबेच भएको छ। 

शेयर मूल्य बढ्ने कम्पनीका हिमालयन लघुवित्त पहिलो नम्बरमा छ। इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत शेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन । 

शेयर मूल्य घट्नेमा बोटलर्स तराई, सीवाइसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो, दोल्ती पावर, नेपाल फाइनान्स लगायत छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:४३
Weather Update