News Griha :: न्यूजगृह
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं— अमेरिका पढाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गर्ने कैलाली गौरीगंगा नगरपालिका–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो।

अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए।

Prabhu Bank

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिसा लगाई दिएका थिए। सोही भिसा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगी बन्धक बनाएका थिए।

नक्कली भिसा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो। नेपाल आएका उनीहरूलाई चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए।

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगी बन्धक बनाएका थिए। उनीहरूलाई भारतीय नागरिक प्रयोग गरि सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए।

त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए। त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:४०
Weather Update