News Griha :: न्यूजगृह
सन्दीपको भावुक स्टाटस: धेरै समय मौन बसेँ, तर कति सहनु...

काठमाडौं— बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको आफूलाई फसाइएको जिकिर गरेका छन्।

जिल्ला अदालत काठमाडौंबाट ८ वर्ष जेल सजाय सुनाइएका उनले आफू धेरै मौन बसेको भन्दै मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेखेका छन्। 

‘...म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो ती तथाकथित अभियन्ताहरूलाई सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्– मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ,’ उनले लेखेका छन्, ‘म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस्, बिन्ती छ।’

उच्च अदालतले पाँच पटकसम्म पेसी तोकेर पनि मुद्दाको अन्तिम सुनुवाइ गरेको छैन। अब उनको पुनरावेदन मुद्दा सुनुवाइका लागि आगामी जेठ १ गतेलाई पेसी तोकिएको छ। यसबीच उनी भावुक भएका हुन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २०:५४
Weather Update