News Griha :: न्यूजगृह
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित युवक पक्राउ

पर्सा— वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको सयुंक्त टोलीले वीरगञ्ज महानगरपालिका-१४ गण्डक चोकबाट रविकुमार पटेललाई पक्राउ गरेको हो।

Prabhu Bank

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो।

पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पटेलले बोकेको झोलाभित्र लुकाई राखिएको एक हजार दरका नोट ८८९ थान (८ लाख ८९ हजार), पाँच सय दरका नोट ८५० थान (४ लाख २५ हजार) र एक सय दरका नोट १० थान (एक हजार) गरी जम्मा १३ लाख १५ हजार रकम बरामद गरिएको हो।

साथै विभिन्न बैंकका खाली चेक ७ थान पनि बरामद गरिएको छ। पटेलविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २१:३०
Weather Update