News Griha :: न्यूजगृह
रफाह सीमा इजरायलको कब्जामा 
रोयटर्स

काठमाडौं— इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा कब्जा गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्याङ्कहरू रफाह सीमामा पुगेका थिए।

उही समयमा, इजरायलले रफाह सीमामा कब्जा गर्नुभन्दा केही समय अघि हमासले कतारको मध्यस्थतामा युद्धविराम सम्झौतालाई स्वीकार गरेको थियो र ३३ बन्धनहरूलाई रिहा गर्न पनि राजी भएको छ।

युद्धविरामका सर्तहरूले हमासको बन्दीबाट रिहा भएका प्रत्येक बन्धकको लागि, इजरायलले ६० प्यालेस्टिनीहरूलाई रिहा गर्ने, जसमा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका वृद्धहरू समावेश हुनेछन्।

तर, इजरायलले कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूले गरेको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ। अर्कोतर्फ, हमासको प्रतिद्वन्द्वी प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ताले द्वन्द्व बढ्नबाट रोक्न अमेरिका र संयुक्त राष्ट्रसङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेका छन्।

इजरायली सेनाले सोमबार र मङ्गलबारको बीचमा दक्षिणी गाजा र रफाहमा गरिएको कारबाहीमा २० आतङ्ककारी मारिएको जनाएको छ। इजरायली सेनाले रफाहको अल अबरार मस्जिदमा पनि हमला गरेको छ, जहाँ धेरै हमास आतङ्कवादीहरू लुकेको बारेमा ठोस जानकारी प्राप्त भएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको पछिल्लो युद्धविराम प्रस्तावले इजरायलको आवश्यक मागलाई विचार नगरेको बताएका छन्। उनले बन्धकहरूलाई फिर्ता गर्न गाजामा धेरै सैन्य दबाब रहेको बताए। इजरायलका रक्षामन्त्री योभ गालान्टले बन्धकहरूलाई मुक्त गर्ने वार्ता असफल भएमा रफाहमा कडा सैन्य आक्रमण गर्ने बताएका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:१२
Weather Update