प्रधानमन्त्रीको दाँतमा समस्या
-1715166272.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या देखिएको छ।
निरन्तर दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार दिउँसो वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन्।
बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री दाहाल वीर अस्पताल पुगेर उपचार गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको उपचार गरेका हुन्।
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१ १६:४९