News Griha :: न्यूजगृह
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा— विमानस्थल वरपरको डाँडामा फैलिएको तुवाँलो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ। 

यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो। विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ।

Prabhu Bank

विमानस्थल खुलेपछि बुद्ध एअरको एटीआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो।

उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:४५
Weather Update