News Griha :: न्यूजगृह
कलंकीबाट बेपत्ता स्नेहा लामिछाने पशुपतिमा भेटिइन् 

काठमाडौं— कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन्।

सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

‘यत्तिका दिन उहाँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो भन्ने विषयमा अहिले सोधेका छैनौँ,’ उनले भने, ‘त्यो विषयमा पनि बुझ्छौँ।’

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा अध्ययनरत लामिछाने वैशाख १९ देखि सम्पर्कविहीन थिइन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:३३
Weather Update