News Griha :: न्यूजगृह
यूके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं—यूके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई मीनभवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २१:१५
Weather Update