News Griha :: न्यूजगृह
सुनसरीबाट सशस्त्रले बरामद गर्‍यो एक क्विन्टल गाँजा
फाइल तस्बिर।

सुनसरी— सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति बर्जू गाउँपालिका–४ स्थित हसनपुर बाट उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो।

Prabhu Bank

सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र ससाना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो।

थप अनुसन्धान भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:२५
Weather Update