News Griha :: न्यूजगृह
तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र बागमती प्रदेशको एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित  हल्का वर्षा भइरहेको छ ।

Prabhu Bank

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।

शुक्रबार कोशी, मधेस, बागमती  प्रदेश लगायत देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:३३
Weather Update