News Griha :: न्यूजगृह
हैदराबादले लखनउलाई १० विकेटले हरायो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। 

राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदराबादले १० ओभरमा कुनै विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो।

Prabhu Bank

हैदराबादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनउविरुद्ध जित दिलाएका हुन्।

Sunrisers-Hyderabad's-captain-Pat-Cummins-1715216741.jpg
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए।

जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ। 

Lucknow-Super-Giants-1715216741.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०७:०९
Weather Update