आज विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव बुधबार, जेठ २३, २०८१

साउदी लिगमा ब्रुनेको चासो! बुधबार, जेठ २३, २०८१ साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ। क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन्। जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ।

आज विश्व वातावरण दिवस बुधबार, जेठ २३, २०८१ ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ।

भारत र आयरल्याण्ड भिड्दै बुधबार, जेठ २३, २०८१ आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने बुधबार, जेठ २३, २०८१ प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

बढ्यो डलर, पाउन्ड र युरोको भाउ बुधबार, जेठ २३, २०८१ आज बेलायती पाउन्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा पुगेको छ। मंगलबार पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ...

भारतमा एनडीएलाई बहुमत, तेस्रो पटक मोदी सरकार बुधबार, जेठ २३, २०८१ ५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ।
-1717484655.jpg)
यी स्थानमा आज बिहानैदेखि वर्षा बुधबार, जेठ २३, २०८१ बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

नेपाल नेदरल्याण्ड्ससँग हार्यो, ब्याटिङसँगै फिल्डिङमासमेत समस्या बुधबार, जेठ २३, २०८१ टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो।झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो। सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए।

तस्बिरमा नेपाल र डच टोलीबीचको खेल बुधबार, जेठ २३, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य मंगलबार, जेठ २२, २०८१ टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए।

नेदरल्याण्ड्सविरुद्ध नेपालका दुवै ओपनर आउट मंगलबार, जेठ २२, २०८१ आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहँदा भान वीकको एलबीडब्लू धरापमा परे। त्यतिबेला नेपालले १५ रन जोडेको थियो।

नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट मंगलबार, जेठ २२, २०८१ वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो। नेदरल्याण्ड्सले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ। समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन्।









