नेपालको पहिलो विकेट गुम्यो, आशिफ आउट

काठमाडौं— टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु भएको छ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो। नेदरल्याण्ड्सले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ। समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन्।
यो समाचार तयार पार्दासम्म नेपालले २.६ ओभरमा एक विकेटको क्षतिमा १५ रन जोडेको छ। आशिफ शेख आउट भएका छन्।
ओपनर ब्याट्सम्यान आशिफ ८ बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भए। अहिले क्रिजमा कुशल भुर्तेल र अनिल साह छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २२:००