भारत र आयरल्याण्ड भिड्दै

काठमाडौं— आईसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ।
आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।
यस विश्वकपमा दुवैको यो पहिलो खेल हो। टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ।
समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ ०७:४०