News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं— प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

आज नै अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:२१
Weather Update