News Griha :: न्यूजगृह
नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य

काठमाडौं— टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो।

Nepal-captain-Rohit-Paudel-1717523682.jpg
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए।

खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ रन तथा आशिफ शेख ४ रन बनाएर आउट भए। 

Nepal's-Aasif-Sheikh-1717523684.jpg
करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए। अनिल साहले १२ बलमा ११ रन जोडे। त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

Nepal's-Kushal-Bhurtel--1717523685.jpg
 

Nepal-fans-cheer-1717523683.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:३२
Weather Update