News Griha :: न्यूजगृह
गठबन्धन सरकार चलाउन मोदीलाई कति सहज?
गठबन्धन सरकार चलाउन मोदीलाई कति सहज? मोदी गठबन्धनको सरकार चलाउन अनुभवी नेता होइनन्। २००२ देखि २०२४ सम्म तीन पटक मुख्यमन्त्री र दुई पटक प्रधानमन्त्री भइसके, उनले सबै बहुमतको सरकार चलाए। अब अचानक समन्वय र सहमतिको राजनीति गर्ने बाटोमा अगाडि बढेका छन्। अब यो सरकारको दिगोपन उसले यो नयाँ भूमिकालाई कत्तिको राम्रोसँग ग्रहण गर्छ भन्नेमा नै भर...
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
कोशी सरकारविरुद्ध परेकाे रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा 
कोशी सरकारविरुद्ध परेकाे रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा  कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो। उक्त रिटको पेसी श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ । 
जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल
जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन्।विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा  हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका बताए। 
मिथिलामा भोलि वटसावित्री पर्व मनाइँदै
मिथिलामा भोलि वटसावित्री पर्व मनाइँदै धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ।ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै  वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन्। 
चितवनका किसानले पाएनन् दूधको भुक्तानी 
चितवनका किसानले पाएनन् दूधको भुक्तानी  जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।
आज सानो गोलभेँडाको मूल्य प्रतिकिलो २२, लोकल बन्दाको २३, अरु तरकारीको कति?
आज सानो गोलभेँडाको मूल्य प्रतिकिलो २२, लोकल बन्दाको २३, अरु तरकारीको कति? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
काठमाडौं महानगर क्षेत्रमा सञ्चालित अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन
काठमाडौं महानगर क्षेत्रमा सञ्चालित अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरूलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरूलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन वटा संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बुधबार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ। बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीहरूको बारेमा छलफल हुनेछ।
दार्चुलाबाट कैलाली जाँदै गरेको जीप डोटीमा दुर्घटना, २ जनाको मृत्यु
दार्चुलाबाट कैलाली जाँदै गरेको जीप डोटीमा दुर्घटना, २ जनाको मृत्यु दार्चुलाबाट कैलाली जाँदै गरेको सुप प्र ०१ ००१ ढ १४८९ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका–१ खडिलामा बुधबार बिहान साढे ४ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ३ वर्षीय बालिकाको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। 
बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तरसँगको शान्ति सम्झौता 
बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तरसँगको शान्ति सम्झौता  यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ। दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो।
Weather Update