बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तरसँगको शान्ति सम्झौता
काठमाडौं— फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ।
यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ। दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो।
दक्षिण उत्तर कोरियाको यो कदमको जवाफमा कोरियाले कडा कारबाही गर्ने जनाएको छ। तर, उत्तर कोरियाले यसअघि नै सीमापार बेलुन उडान रोक्ने घोषणा गरिसकेको छ।
उत्तर कोरियाले गत मङ्गलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा एक हजारभन्दा बढी बेलुन उडाएको छ। जसमा मल, चुरोटको बट्टा, कपडाका टुक्रा र फोहोर कागजले भरिएको थियो।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ ०९:१०