News Griha :: न्यूजगृह
कोशी सरकारविरुद्ध परेकाे रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा 

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि पेसी तोकिएको छ। 

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको हो। 

उक्त रिटको पेसी श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ । 

उक्त रिटमा गत जेठ १६ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो।
 
कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। केदार कार्की पनि सोही उपधारा अनुसार गत असोज २७ मा नियुक्त भएका थिए।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन्। केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले वैशाख २८ मा प्रतिवादीसँग जवाफ माग गरेको थियो। जेठ ९ मा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:४१
Weather Update