अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा बुधबार, जेठ २३, २०८१

यसकारण हार्यो नेपाल बुधबार, जेठ २३, २०८१ सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन। गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रङ्गशालामा नेपालले नेदरल्याण्ड्ससँग बिर्सनलायक पराजय बेहोर्यो।चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो। नेपालले दिएको एक सय सात रनको...

ओलीलाई सुमना श्रेष्ठको प्रश्न– विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ? बुधबार, जेठ २३, २०८१ सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जवाफमा सो प्रश्न गरेकी हुन्।

अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ सकियो, फैसला कहिले? बुधबार, जेठ २३, २०८१ काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो।

बजेटको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको जोड बुधबार, जेठ २३, २०८१ प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताए।प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई झुक्याउने काम गरिएको उनको भनाइ थियो।

विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी बुधबार, जेठ २३, २०८१ काठमाडौं र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई पनि आग्रह गरिएको गृहमन्त्रीले सदनलाई जानकारी दिए। प्रधानमन्त्री दैवी सहायता कोष, प्रदेश र स्थानीय निकायसँग गरी ६ अर्ब ७८ करोड ३६ लाख बराबरको मौज्दात रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री लामिछानेले त्यसको सही परिचालन गर्न सकियो भने राहत तथा...

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने बुधबार, जेठ २३, २०८१ निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। अब जेठ २७ गते पूर्ण इजलासमा उक्त रिटमा सुनुवाइ हुनेछ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आगामी सोमबार विश्वासको मत लिने बुधबार, जेठ २३, २०८१ मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ मा मात्र विश्वासको मत लिने भएका छन्।बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ मा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन्।

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै बुधबार, जेठ २३, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ।समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज बुधबार, जेठ २३, २०८१ कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा पेस गर्ने गर्दैछ।बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ।

श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाए, परिवारका ५ जना घाइते बुधबार, जेठ २३, २०८१ चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन्।प्रहरीका अनुसार घटना मंगलबार रातिको हो। घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए।

विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने बुधबार, जेठ २३, २०८१ सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयंसेवकमा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बर्खा सुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरू र...

सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा, ११ जना पक्राउ, प्रहरीको कुटाइबाट २ घाइते बुधबार, जेठ २३, २०८१ पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्।बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्।उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए।









