कर्णाली सरकारको नीति तथा कार्यक्रम आज

सुर्खेत— कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा पेस गर्ने गर्दैछ।
बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ।
सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ।
सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्ने भन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने बताउँदै आएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १३:२१