मधेस प्रदेशका मुख्यमन्त्री यादवले आगामी सोमबार विश्वासको मत लिने

काठमाडौं— मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ मा मात्र विश्वासको मत लिने भएका छन्।
बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ मा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले आगामी सोमबार विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ।
वैशाख ३० मा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले जेठ ३० सम्म विश्वासको मत लिनुपर्नेछ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १३:५६