श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाए, परिवारका ५ जना घाइते
काठमाडौं— चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन्।
प्रहरीका अनुसार घटना मंगलबार रातिको हो। घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए।
श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइते पाँचै जनाको अहिले किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले उनीहरूको परिचय गोप्य राखेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १३:०८