News Griha :: न्यूजगृह
अमेरिकी र्‍यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

काठमाडौं— अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी र्‍यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।

लरेनले कान्येले आफूमाथि गरेको सम्झौतालाई तोड्दै गलत किसिमले कामबाट निकालेको दाबी गरेकी छन्। लरेनले कान्ये र उनको कम्पनीविरुद्ध ‘ठगी’को मुद्दा पनि दर्ता गराएकी छन्। लरेन सन् २०१२ देखि सन् २०२२ सम्म कान्येको एसिस्टेन्ट थिइन्।

लरेन्सले गत जुन ३ मा मुद्दा दर्ता गरेकी थिइन्। उनले आफूमाथि कैयौँ पटक लज्जास्पद हर्कत गरेको दाबी गरेकी छन्। यसबाहेक कान्येले आफूलाई कैयौँ पटक अश्लील सन्देश र भिडिओ पठाउने गरेको पनि दाबी गरेकी छन्।

लरेनले यसअघि कान्येका साथ सन् २०२१ मा रिलिज एलबम ‘डोन्डा’मा काम गरेकी थिइन्। यसबाहेक उनी गायकको वुमेन क्लोदिङ लाइनका लागि पनि काम गरेकी थिइन्।

कान्येले लरेनलाई सन् २०२१ मा एनुअल मिलियन डलर तलब दिएर आफ्नो असिस्टेन्टका रुपमा हायर गरेका थिए । जसअन्तर्गत लरेन २४ सै घण्टा कान्येका साथ रहनु पर्थ्यो । 

लरेनको दाबी अनुसार कान्येले उनलाई ओनली फेस एकाउन्ट हटाउन माग गर्थे । यसको सट्टा कान्येले लरेनलाई वर्षभरको एक मिलियन डलर दिने सहमति गरेका थिए।

लरेनले कान्येसँग जोडिएको केही समय पछि कान्येले उनलाई कैयौँ अश्लिल सन्देश पठाउन सुरु गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:११
Weather Update