News Griha :: न्यूजगृह
अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको सुनुवाइ सकियो, फैसला कहिले?
फाइल तस्बिर।

काठमाडौं— काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले मुद्दाको अन्तिम सुनुवाइ सकिएको जानकारी दिँदै फैसला भने आउन बाँकी रहेको बताए। सर्वोच्चले बुधबार नै संक्षिप्‍त आदेश वा निर्णय सुनाउने दिन तोक्न सक्नेछ। 

२०६९ मङ्सिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमायाले पतिको हत्यामा सापकोटासहित सूर्यमान दोङलगायत माओवादी कार्यकर्ताहरूमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:३८
Weather Update