News Griha :: न्यूजगृह
ओलीलाई सुमना श्रेष्ठको प्रश्न– विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?

काठमाडौं— शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जवाफमा सो प्रश्न गरेकी हुन्।

ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसद्मा समेत उठाएको छ। रास्वपाका सांसद शिशिर खनाललेसमेत बुधबारको प्रतिनिधिसभाको बैठकमा ओलीको टिप्पणीको आलोचना गरेका थिए।

सुमनाले महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुँदैन? भन्दै महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएकी छन्।

  

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:४४
Weather Update