News Griha :: न्यूजगृह
नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो
नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो टस हारेको नेपालले पहिला ब्याटिङ गर्नेछ। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ आयात गर्न नदिने गृहकार्यमा सरकार
इन्टरनेट सेवा प्रदायकलाई ब्यान्डविथ आयात गर्न नदिने गृहकार्यमा सरकार नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ। 
बुधबार विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव
बुधबार विश्वासको मत लिने तयारीमा मधेस प्रदेशका मुख्यमन्त्री यादव मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाचौँ पटक विश्वासको मत लिन लागेका हुन्।
अब अस्ट्रेलियाली सेनामा गैरनागरिकले पनि भर्ती हुन पाउने
अब अस्ट्रेलियाली सेनामा गैरनागरिकले पनि भर्ती हुन पाउने ‘जुलाईबाट १२ महिनादेखि अस्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दालाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ’, रक्षामन्त्री रिचर्ड मार्लेसले भने।
उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 
उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु  चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई मंगलबार त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए।
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो 
एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो  मधेस प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
वाराणसीबाट मोदीको 'ह्याट्रिक', मतान्तर भने घट्यो 
वाराणसीबाट मोदीको 'ह्याट्रिक', मतान्तर भने घट्यो  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्। 
संसद्मा सुहाङको पहिलो सम्बोधन, के भने?
संसद्मा सुहाङको पहिलो सम्बोधन, के भने? मंगलबार प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सुहाङले सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा केही भावुक देखिएका सुहाङले अझैपनि आफूलाई स्वर्गीय बाबु सुवासचन्द्रलाई सदनको कुनै कुनामा देखिरहेको बताए। नेम्वाङको निधनपछि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएर उनले जित हासिल गरेका थिए। 
सन्दीपले दिए नेपाली क्रिकेट टीमलाई शुभकामना
सन्दीपले दिए नेपाली क्रिकेट टीमलाई शुभकामना टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्याण्ड्सको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार, राति २१:१५ बजे सुरु हुनेछ। अमेरिकामा नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन्।
भारतमा भाजपाले बहुमत गुमाउने निश्चित !
भारतमा भाजपाले बहुमत गुमाउने निश्चित ! भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। मङ्गलबार बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टी भाजपाले बहुमत नल्याउने निश्चित भएको छ।५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडि छ । २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो। 
नागरिकका गुनासा सम्बोधन गर्न शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन
नागरिकका गुनासा सम्बोधन गर्न शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ। 
Weather Update