News Griha :: न्यूजगृह
अब अस्ट्रेलियाली सेनामा गैरनागरिकले पनि भर्ती हुन पाउने

काठमाडौं— अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण सेना भर्तीको लक्ष्य पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैरनागरिकलाई पनि आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ।

‘जुलाईबाट १२ महिनादेखि अस्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दालाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ’, रक्षामन्त्री रिचर्ड मार्लेसले भने।

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ। दुई करोड ६० लाख जनसङ्ख्या रहेको देशले उक्त सामाग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तिका लागि सङ्घर्ष गरिरहेको छ। 

अस्ट्रेलियन रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरूमा रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ।

रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौती सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:०१
Weather Update