News Griha :: न्यूजगृह
उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

उदयपुर— उदयपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई मंगलबार त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय बिरा राई छन्।

प्रहरी निरीक्षक साहका अनुसार टिप्पर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:५२
Weather Update