टी–२० विश्वकप
नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं— आईसीसी विश्वकप टी२० क्रिकेटको पहिलो खेलमा नेपालले टस हारेको छ।
टस हारेको नेपालले पहिला ब्याटिङ गर्नेछ। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले १० वर्षपछि दोस्रो पटक टी२० विश्वकप खेल्न लागेको हो। खेल राति सवा ९ बजेदेखि सुरु हुने भनिएपनि वर्षाका कारण केही समय ढिलो भएको हो।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २१:२७