News Griha :: न्यूजगृह
आज विश्व वातावरण दिवस
विश्व वातावरण दिवसका अवसरमा आज बिहान भद्रकालीबाट बसन्तपुरसम्मका लागि सुरु भएको पदयात्रामा सहभागी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू ।

काठमाडौं— ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। 

दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले  देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। 

48-1717551349.jpg
उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:०२
Weather Update